अर्को निर्णय नभएसम्मका लागि कक्षा ११ को परीक्षा नलिनु – परीक्षा बोर्ड (सुचना सहित)

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षा सम्बन्धी कार्यहरु संचालन नगर्न सम्बन्धित बिद्यालयहरुलाई निर्देशन दिएको छ ।

कोरोना भाइरस (कोभिड(१९) संक्रमणका कारण नेपाल सरकारले विद्यालय संचालन गर्ने निर्णय गरिनसकेको अबस्थामा परीक्षासँग सम्बन्धित कुनैपनि काम अघि नबढाउन बोर्डले निर्देशन दिएको हो ।

‘कोभिड–१९ को संक्रमणका कारण नेपाल सरकारले हालसम्म विद्यालय पुनः सञ्चालनको निर्णय गरिनसकेको अवस्थामा समेत केही विद्यालयहरूले कक्षा ११ को परीक्षा सम्बन्धी कार्यक्रम सार्वजनिक गरेको पाइएको हुँदा सोबाट विद्यार्थी तथा अभिभावहरूमा त्रासको वातावरण सिर्जना हुन गएकोले नेपाल सरकारबाट विद्यालय पुनः सञ्चालनको निर्णय नभएसम्मका लागि परीक्षा सम्बन्धी कार्यहरू नगर्नुरनगराउनुहुन सम्बन्धित सबैलाई सूचित गरिन्छ,’ बोर्डले जारी गरेको सूचनामा भनिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्