प्रेम जोशी कैलाली
नेपाल एउटा यस्तो देश हो जसको धरातलीय स्वरुपलाई हेर्दा सप्तरी जिल्लाको दक्षिणी भाग समुद्र सतहबाट ६० मिटरदेखी चुरे महाभारत र हिमाल पर्वतमाला कमशः अग्लो हुँदै विश्वको सबभन्दा उच्च चुचुरो सगरथा ८८४८ मिटर अग्लो पनि यही पाईन्छ । तराई प्रदेश समुद्र सतहदेखी करिब ६० मिटरदेखी ६०० मिटरसम्म पर्दछ । समुद्र सतह संग जोडिएकाले यस क्षेत्रको माटो बलौटे त कुनै क्षेत्रमा कालो चिप्लो हुनुका साथै फरक स्थानमा फरक माटोको स्वरुप हुनु र जमिनको पनि धरातल नमिल्नु पनि एक प्रकृतिक करण हो । जसको करण बाटोमा समान्य खाल्डाखुल्डी हुनु स्वभाविक हो र उक्त खाल्डाखुल्डीले जनमानसमा धेरै असर पनि पर्दैन तर त्यो बाटो बनाउने नाममा बाटोमा धेरै माटो र थोरै ग्राबेल हालिन्छ र त्यसमा ठुला सर्वरीसाधन हिट्डुल गर्दा र पानी पर्दा बाटोका खाल्डाखुल्डी बढै जान्छन र बाटो बिग्रिरन्छ ।
पहाडी प्रदेशमा यस प्रदेशको उचाई ५०० मिटर देखी ३०००मिटरसम्मको उचाईमा फइलीएको छ । यहाँ ठुला ठुला पहाड भिर भाएकोले र बाटो खन्दा जेसीबिको प्रयोग हुने र पछि पहिरो जाने जमिनको धरातलिय स्वरुप एक प्रकारको नभएकाले पनि बाटो बिग्रिन्छ ।
लेखक नेपाल फोटो पत्रकार महासंघ कैलालीका कार्यसमिति सदस्य तथा उपहार खबर कैलालीका सम्बादाता हुन् ।