बिष्णुसिँह बाेहरा
भीरबाट लडेर गम्भीर घाइते भएर राष्ट्रिय ट्रमा सेन्टर काठमाडौंमा उपचार गरिरहेकी शैल्यशिखर नगरपालिका वडा नं ४ रानीशिखर काँडापारीकी जयन्ती ठगुन्ना र मेरूदण्ड को उपचार गरिरहेका खरकडाका गम्भीर घाइते जनक भाट लाई राष्ट्रिय ट्रमा सेन्टर काठमाडौंमा भेटी नेपाली कांग्रेसका नेता तथा शुदूरपश्चिम प्रदेश ’ख ’ प्रदेश सांसद उमेदवार जगदीश बहादुर पाल र पुर्व मन्त्री दिलेन्द्र प्रसाद बडुका स्वकीय सचिव केशर भण्डारीले आर्थिक सहायता प्रदान गरेका छन् । भेटका उक्रमा उनले अझै बाँकी उपचारका लागि सहयोग गर्ने प्रतिबद्धता समेत जनाएका छन् ।
बाख्रा चराउने क्रममा माथिबाट आएको ढुंगाले जयन्ती गम्भीर घाइते भएकी थिइन् । उनका दुइटै खुट्टा र एउटा हात भाँचिएको थियो । घाइते भएपछि उनलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल भर्ना गरिएको थियो । सेती प्रादेशिक अस्पतालमा उपचार नभएपछि उनलाई ट्रमा सेन्टर काठमाडौँ रिफर गरिएको थियो । जयन्तीको उपचारको लागि आर्थिक सहयात संकलन अभियान समेत चलाइएको थियो ।