काठमाडौँ – कोरोना संक्रमणदरमा भारतले नयाँ रेकर्ड कायम गरेको छ । पछिल्लो २४ घण्टामा भारतमा ४८ हजार ८९२ जना कोरोना संक्रमित थपिएका छन् । यो संख्या एकै दिन थपिएका मध्ये अहिले सम्मकै धेरै हो । यससँगै भारतमा कोरोना संक्रमितको संख्या १३ लाख ३७ हजार भन्दा बढी छ । यस्तै भारतमा पछिल्लो २४ घण्टामा ७६१ जनाले ज्यान गुमाएका छन् । यससँगै मृतको संख्या ३१ हजार ४०६ पुगेको वल्डोमिटर्सको तथ्याङ्कमा उल्लेख छ । भारतमा उपचारपछि निको हुनेको संख्या साढे ८ लाख भन्दा बढी छ । भारत विश्वमा कोरोना प्रभावित मुलुकहरुको सूचीमा तेस्रो नम्बरमा छ । भने अमेरिका र ब्राजिल क्रमशः पहिलो र दास्रो नम्बरमा छन् ।