बुधबार २ सय ७ जनाले कोरोना जिते, कुन प्रदेशमा कति डिस्चार्ज ?

काठमाडाैँ – बुधबार २ सय ७ जनाले कोरोना जितेका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस विफ्रिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विभिन्न अस्पतालको आइसोलुसनबाट २ सय ७ जनाले कारोना जितेको बताए । बुधबार ३ हजार ९ सय ६३ जनाको पीसीआर परीक्षण गरेको थियो ।
अहिलेसम्म डिस्चार्ज हुनेमा प्रदेश नं. १ मा ७ सय ५२ जना, प्रदेश नं. २ मा २ हजार ८ सय ३५, बागमती प्रदेशमा ४ सय ५६ जना रहेका छन् । यसैगरी गण्डकी प्रदेशमा १ हजार २४ जना, प्रदेश नं. ५ मा ३ हजार ८ सय ४८ जना, कर्णाली प्रदेशमा १ हजार ५ सय ६७ जना र सुदूरपश्चिम प्रदेशमा २ हजार २ सय २ जना डिस्चार्ज भइसकेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्