कोरोनाका कारण नेपालमा थप २ जनाको निधन, मृतककाे संख्या ४२ पुग्याे

काठमाडाैँ – कोरोनाका कारण नेपालमा थप २ जनाको निधन भएको छ ।
बुधवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको प्रेस विफ्रिङमा प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा एक बिदेशी सहित २ जनाको मृत्यु भएको बताए । मृत्यु हुनेमा धनुषाको जनकपुर उपमहानगरपालिकाका ६० बर्षिय एक पुरुष रहेको छन् । उनको बीपी कोइरलाई स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निधन भएको हो ।
स्वास्वप्रस्वासमा समस्या देखिएपछि उनलाई साउन २ गते अस्पताल भर्ना गरिएको थियो । उनको स्वास्थ्यमा समस्या थपिदैँ गएसँगै साउन ६ गते उनको निधन भएको मन्त्रालयले जनाएको छ ।
यस्तै ४९ बर्षिय चिनियाँ महिलाको मृत्यु भएको छ । पोखराबाट थप उपचारका लागि हेलिकप्टबाट काठमाडौँ ल्याइएका चिनियाँ महिलाको समेत कोरोनाका कारण निधन भएको पुष्टि भएको छ । यो सँगै मृत्यु हुनेको संख्या ४२ पुगेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्