केशव भट्ट, कञ्चनपुर
कञ्चनपुरको बेलौरी नगरपालिकामा अनिश्चितकालिन तालाबन्दि गरिएको छ । सोमबार नेपाली कांगेसका नगर छायाँ सरकारका प्रमुख तथा प्रमुख प्रतिपक्ष दलका नेता हरेन्द्र सिंह विष्टको सभापतित्वमा गरिएको विरोध कार्यक्रममा नगरपालिकाको कार्यालयमा ताला लगाइएको हो ।
नगरप्रमुख पोतिलाल चौधरीलाई पटक–पटक विकास निर्माणका काममा ध्यानाकर्षण गराउँदा समेत नगरप्रमुख चौधरीले आफ्ना कार्यकर्ता पालनपोषण गर्न बाहेक अरु केहि नगरेकाले नगरपालिकाका कार्यालयमा तालाबन्दि गरिएको नेपाल कांग्रेस क्षेत्र नम्बर १ का क्षेत्रिय सभापति गोपि प्रसाद उपाध्यायले बताए ।
विरोध कार्यक्रममा नेपाली काग्रेसका नेता तथा कार्यकर्ताले नगरप्रमुख चौधरीका विरुद्धमा नाराबाजी समेत गरेका छन । नगरपालिका कार्यालयमा तालाबन्दि गरेको नेपाली कांगेसले बजार परिक्रमा गरि नाराबाजी समेत गरेका छन् । बेलौरी नगरपालिकाका नगरप्रमुख पोतिलाल चौधरीले छलफलमा बसेर समस्या समाधान गरिने बताए ।