काठमाडौँ – भोलि बिहीबारदेखि एक बैंकको कार्ड अर्को बैंकको एटिएम मेसिनमा प्रयोग गर्दा शुल्क लाग्ने भएको छ ।
नेपाल बैंकर्स एसोसिएसनले साउन १ गतेदेखि बैंकहरुले नै यो शुल्क निर्धारण गर्न सक्ने निर्णय गरेको हो । एसोसिएसनका प्रमुख कार्यकारी अधिकृत अनिल शर्माका अनुसार साउन १ देखि एक बैंकको कार्ड र अर्को बैंकको एटिएममा प्रयोग गर्दा लाग्ने शुल्कबारे बैंकहरुले नै निर्णय गर्नेछन् ।
कोरोनाको असरका कारण गत चैत ७ गतेबाट बैंकहरुले जुनसुकै बैंकको कार्ड जुनसुकै एटिएममा प्रयोग गर्दा शुल्क नलाग्ने व्यवस्था गरेका थिए ।