कर्णाली प्रदेशसभा सदस्यमा कोरोना संक्रमण पुष्टि, १६० जनाको पीसीआर परीक्षण गरिने

सुर्खेत – कर्णाली प्रदेशसभाका एकजना सदस्यमा कोरोना भाइरस (कोभिड(१९)को संक्रमण पुष्टि भएको छ । कांग्रेसबाट प्रदेशसभामा प्रतिनिधित्व गर्ने एक सांसदलाई कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रदेशसभाको बर्खे अधिबेशन सकिन लागेपछि आफ्नो निर्वाचन क्षेत्र जान आइतबार पीसीआर परीक्षणका लागि स्वाब दिएका उनको रिपोर्ट पोजेटिभ आएको हो  । उनको स्वाबको सोमबार सुर्खेतको पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा परीक्षण गरिएको थियो । सांसदको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

१६० जनाको पीसीआर परीक्षण गरिने

प्रदेश सांसदमा कोरोना संक्रमण पुष्टि भएपछि प्रदेशसभामा खैलाबैला भएको छ । उनको सम्पर्कका आएका सांसददेखि पत्रकारसम्मको पीसीआर परीक्षणका लागि स्वाब संकलन गर्न लागिएको प्रदेशसभा सचिव जिवराज बुढाथोकीले जानकारी दिए ।

सांसद, कर्मचारी, माननियहरुका स्वकीय सचिव र केही पत्रकारसहित १६० जनाको स्वाव संकलन गरी पीसीआर परीक्षण गर्न लागिएको सचिव बुढाले बताए । ती सांसदको ‘कन्ट्याक्ट ट्रेसिङ’ गरेर स्वाब संकलन गर्ने तयारी गरिएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्