मल ल्याउन अवरोध गरेकाे भन्दै दोधारा झोलुंगे पुल बन्द

मुकेशप्रसाद जाेशी, कञ्चनपुर

रोपाइँ भएको करिब एक महिना बित्न लाग्दा पनि मल अभाव भने कायमै रहेको छ । मल अभावमा कृषकहरु भौतारि रहेका छन् । यस्तै कञ्चनपुरको दोधारा चाँदनीबाट समेत मल ल्याउन अवरोध गरेपछि महाकाली नगरपालिका र भिमदत्त नगरपालिका जोड्ने झोलुंगे पुल बन्द गरिएको छ ।

भीमदत्त नगरपालिका वडा नं १३ का स्थानीयले मल ल्याउन नदिएपछि स्थानीयले झोलुंगे पुल बन्द गरेका हुन् । नेपालबाट मल नआउने र भारतबाट चोरी छिपी ल्याएको मल पनि प्रहरीले रोक्न थालेपछि झोलुंगे पुल बन्द गरेको स्थानीयको भनाइ छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्