काठमाडाैँ – अभिनेत्री दीपाश्री निरौलाले एक टेलिभिजन अन्तर्वार्तामा अभिनेता राजेश हमालबारे दिएको अभिव्यक्तिले अहिले सामाजिक सञ्जाल तातेको छ । नकारात्मक टिकाटिप्पणी गर्दै उनीमाथि प्रयोगकर्ताहरु खनिएका छन । कमेन्ट र गाली गलौजका कारण अहिले उनलाई टाउको दुखाईको विषय भएको छ ।
केहि दिनदेखि दीपा घरबाट निस्केकी छैनन् । हप्तौं यही विषयउपर खनिएको देख्दा आफू डिप्रेसनको नजिक पुगेको उनले बताएकी छिन् ।
उनले अन्तवार्तामा भनेकी थिइन्, ’राजेश हमाल हुनुहुन्छ र ? राजेश दाइ मात्र महानायक हुनुभयो । त्यहाँ प्रोड्युसर महानायक भएन, डाइरेक्टर महानायक भएन । राजेश दाइले मात्रै फिल्म खेल्नुभो । उहाँले फिल्म इन्डस्ट्रीलाई हाँकेर लानुपर्छ ।’ यो अन्तर्वार्ता प्रसारण भएपछि नै हमालका प्रशंसकले उनको कलाकारिता र उनले फिल्म उद्योगमा पु¥याएको योगदानको अवमूल्यन भएको भन्दै आपत्ति जनाएका थिए । साथै दीपाश्रीले राजेशबारे टिप्पणी गर्दा अहं र दम्भ प्रदर्शन गरेको पनि उनीहरुको आरोप थियो ।
’अस्वभाविक पेलान भो । हो म शब्द चयनमा चुकेको हो । उहाँ मेरो मनपर्ने अभिनेता हो । मैले उहाँलाई चलचित्र क्षेत्रको खम्बा भनेर आदर पनि गरेको छु,’ उनले भनिन्, ’कुरा अस्वभाविक किसिमले यसरी मोडियो । १० दिनसम्म यही कुरा ? किन यस्तो घट्ना बढेको हो मैले त तुरुन्तै भोलिपल्ट नै माफी मागेको हो नि ! अहिले मन अलिकति गलेको छ,’ उनले भनिन् । उनको अभिव्यक्तिमाथि आएका प्रतिक्रिया शिष्ट र तार्किकमात्रै छैनन्, अश्लिल गालीगलौज पनि उत्तिकै छन् ।
उनी सकेसम्म यस्ता प्रतिक्रिया नहेर्ने प्रयास गर्छिन् । ’तर, नहेरौं भन्दा पनि सामाजिक सञ्जालमा आँखा गइहाल्छ । त्यहाँ आएका कमेन्ट हेर्दा त मैले देशद्रोह नै गरेजसरी गाली गरिएको छ, उनी प्रश्न गर्छिन्, ’म देशदोह्री हुँ त ?’
हालै फिल्मकर्मी अशोक शर्माले फेसबुकमा स्टाटस लेख्दै यसै कारण दीपा डिप्रेसनमा पुगेको लेखेका थिए