एक बर्षमा आयल निगमको खुद नाफा ६ अर्ब भन्दा धेरै

काठमाडौं – नेपाल आयल निगमले चालु आर्थिक वर्षमा ६ अर्ब भन्दा धेरै खुद नाफा आर्जन गरेको छ । पेट्रोलियम खरिद, ढुवानी, सरकारको कर तथा सबै खर्च कटाएर निगमले चालु आर्थिक वर्षमा उक्त नाफा आर्जन हुने प्रक्षेपण गरेको छ । कुल २ खर्ब ४० अर्बको कारोबार गर्दा निगमलाई ६ अर्ब हाराहारी नाफा हुने देखिन्छ ।
नाफाको २५ प्रतिशत आयकर सरकारलाई बुझाउँदा करिब ४ अर्ब घटेर निगमको खुद नाफा ६ अर्ब भन्दा माथि हुने निगमको अनुमान छ ।
असार २६ गतेको मूल्य समायोजनपछि निगमलाई सामान्य घाटा भएपनि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्दा ग्यासमा भएको नाफाले निगमले नाफा कमाएको हो ।
विभिन्न शीर्षकको कर अन्तरगत सरकारले पेट्रोलियम पदार्थबाट चालु आर्थिक बर्षमा ६६ अर्ब रुपैयाँ भन्दा धेरै रकम लैजाने देखिएको छ । अघिल्लो वर्ष ६५ अर्ब ९३ करोड रुपैयाँ उठाएको सरकारले यस पटक उक्त रकम लैजाने देखिएको निगमले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्