काठमाडौँ – बिहीबार सुनको मूल्य प्रतितोला ९२ हजार ४ सय पुगेर नयाँ रेकर्ड कायम गरेको छ । सोमबार ९१ हजार ५ सयमा कारोबार भएको सुन एकैदिन ९ सयले बढेर नयाँ रेकर्ड कायम गरेको हो ।
अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्य बढिरहेको छ । जसको असर नेपालमा पनि देखिएको सुनचाँदी व्यवसायी महासंले जनाएको छ ।
आज चाँदीको मूल्य पनि बढेर ९ सय ८० प्रतितोला पुगेको छ । यो अघिल्लो दिनको तुलनामा २५ रुपैयाँले बढी हो ।