भारत बढी कोरोना सङ्क्रमित हुनेदेशहरुमध्ये तेस्रो स्थानमा

विश्वको सबैभन्दा बढी संक्रमित हुनेको देशको सूचीमा भारत तेस्रो स्थानमा उक्लिएको छ । यसअघि चौथो नम्बरमा रहेको भारतमा संक्रमित थपिएसँगै रसियाभन्दा एक स्थान माथि उक्लिएको छ । भारतमा संक्रमितको संख्या ६ लाख ९७ हजार ८३६ पुगेको छ भने रसियामा ६ लाख ८१ हजार २५१ रहेको छ । अहिलेसम्म भारतमा मृत्यु हुनेको संख्या १९ हजार ७ सय पुगेको छ । रसियामा १० हजार १६१ जनाको कोरोनाको कारण मृत्यु भएको छ ।
यसैगरी अग्रस्थानमा रहेको अमेरीकामा संक्रमितको संख्या २९ लाख ८२ हजार ९२८ रहेको छ भने मृत्यु हुनेको संख्या १ लाख ३२ हजार ५ सय ६९ पुगेको छ । यसैगरी दोस्रो स्थानमा रहेको ब्राजिलमा १६ लाख ४ हजार ५८५ संक्रमित रहेका छन भने ६४ हजार ९ सय जनाको मृत्यु भइसकेको छ । अहिलेसम्म विश्वभर १ करोड १५ लाख ५६ हजार ६४१ संक्रमित रहेका छन भने ५ लाख ३६ हजार ७७६ जनाको मृत्यु भइसकेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्