सुशील सुवेदी
सिन्धुपाल्चोक – प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीको समर्थनमा स्वतन्त्र युवाहरुको समुहले स्वस्फुर्त रुपमा मेलम्चीमा मौन प्रदर्शन गरेका छन् । नेकपाभित्र चर्केको विवादकाबीच नेकपा नेताहरुले ओलिको राजीनामा मागेपछि प्रधानमन्त्रीको समर्थनमा मेलम्ची आसपासका युवाहरु शनिवार सडकमा निस्किएका हुन् ।
मौन प्रदर्शनमा सहभागीहरु युवाहरुले ओलीको समर्थनमा मेलम्चीमा कमिसन खोज्ने मन्त्रीको राजीनामा गराउस प्रधानमन्त्रीको हैन , आज होइन भोलिलाई, हाम्रो समर्थन ओलीलाई, हाम्रो मत स्थायी सरकारलाई हो, विदेशी दलाल होसियार, याद छ नेताहरु हाम्रो भोट पाँच वर्षको लागि एउटै प्रधानमन्त्रीलाई थियो, राजनितिक स्थायित्वको लागि स्थायी सरकार, पार्टीको लागि हैनस देशको लागि म झोले नै हुँ , क्ष् बm धष्तज एः प्उ इष् िलगायत लेखिएका प्ले कार्ड बोकेका मौन रुपमा करिब आघा घन्टा सम्म स्कुल जाने सडक अगि प्रदर्शन गरेका थिए ।
प्रदर्शनमा सहभागी स्वतन्त्र युवा सुजन दुलालले “सुखी नेपाली, समृद्ध नेपाल“ निर्माणको लागि प्रधानमन्त्रीमा केपि ओलि निर्विकल्प रहेको बताए । यसका साथै उनले भने, “ नेपालको स्वाधीनता र अखण्डता रक्षाको लागि केपि ओलि सरकारले नेपालको नया नक्सा जारी गर्दा र नागरिकता सन्सोधन विधयक पारित गर्ने कुरामा बाह्य शक्तिको उक्साहटमा प्रमको राजिनामा मागिनु खेद जनक छ। “ प्रदर्शनमा सहभागी अर्का प्रदर्शक इन्द्रावती क्याम्पस, मेलम्चिका स्ववियु सभापती बालकृष्ण दुलालको अनुसार यो प्रदर्सन व्यक्ती विशेष भन्दा पनि जनताको मतलाई सम्मान गर्दै जनभावनानुसार ५ वर्षे स्थायी सरकारको लागि केपि शर्मा ओलिलाई राजिनामा मागिनु दुखद रहेको बताउनुभयो। उहाँले भन्नुभयो, “जनताले ५ वर्षको लागि केपि ओलिलाई नै प्रमको रुपमा देख्न चाहदा चाहदै र उनको लोकप्रिय कार्यहरुले आतिएर सत्ताबाट हटाउने कोसिसले नै बिरोधीहरुको स्वार्थ देखिएको छ ।“ उहाँले कुर्सीको दौडबाट माथि उठेर देश र जनताको लागि सोच्न नेकपा नेतृत्वलाई आग्रह गर्नुभयो ।
स्थायी समिति बैठकमा नेताहरुले प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट राजीनामा मागेपछि ओलीको समर्थनमा देश भर प्रदर्शन भैरहेका छन । यसै विच नेकपाले सोमबार सम्मको लागि स्थायी समितिको बैठक स्थगित गरेको छ ।