म्यानमारको एक जेड (हरियो रङ्गको बहुमूल्य पत्थर) खानीमा पहिरो जाँदा कम्तीमा ११३ जनाको मृत्यु भएको छ । अन्य धेरै मानिसहरु हराइरहेका छन् ।
अधिकारीहरुका अनुसार उत्तरी म्यानमारको कचिन राज्यको हपकान्ट क्षेत्रमा रहेको उक्त खानीमा पहिरो गएको हो । भारी वर्षापछि आएको पहिरोमा परी मुनि ढुङ्गा जम्मा पारिरहेका मानिसहरु पुरिएका थिए ।
अहिलेसम्म पहिरोमा पुरिएका मानिसहरु को हुन् भन्ने विषयमा भने यकिन हुन सकेको छैन । यो खानीमा ट्रकबाट खसेका जेडहरु पाइने आशामा मानिसहरु आएर यो क्षेत्रमा खोजी गर्ने गरेका छन् ।
यो क्षेत्रमा रुख नभएको कारण पत्थर पहिरोको खतरा रहेको चेतावनी विशेषज्ञहरुले दिँदै आएका थिए ।
स्रोत : बीबीसी