सुदूरपश्चिममा आज (बिहिवार) थप २६ जनामा कोरोना संक्रमण पुष्टि

सुदूरपश्चिममा आज (बिहिवार) थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
सेती प्रादेशिक अस्पतालले दिउँसो २ : ३० बजेसम्मको विवरण सार्वजनिक गरेको हो । जसमा कैलालीको टीकापुर नगरपालिकाका ३ महिला र १० पुरुष गरि १३ जनामा संक्रमण पुष्टि भएको छ भने भजनी नगरपालिकामा १ महिला र १ पुरुष गरि २ जनामा कोरोना पुष्टि भएको उल्लेख गरेको छ ।
यसैगरी कैलारी गाउँपालिकामा २ पुरुष, कञ्चनपुरको लालझाडीमा १ महिला र १ पुरुष गरि २ जनामा कोरोना देखिएको विज्ञप्तीमा उल्लेख गरेको छ यस्तै कञ्चनपुरको भीमदत्त नगरपालिकामा १ पुरुष र अछामको साँफेबगर नगरपालिकामा ४ पुरुष र २ महिला गरि ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्