काठमाडौँ – मौसम पुर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ ।
महाशाखाका अनुसार बुधबार बिहान देशभर आँशिकदेखि सामान्य बदली भइरहेको र सुदूरपश्चिम प्रदेश र प्रदेश २ का थोरै स्थानहरुमा वर्षा भइरहेको छ । पूर्वानुमानमा उल्लेख भएअनुसार दिउँसो देशका सबै प्रदेशहरुमा सामान्य बदली हुने र सबै प्रदेशका केहि स्थानहरुमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
यस्तै, राति देशको सबै प्रदेशहरुमा सामान्य बदली रही सबै प्रदेशका केहि स्थानहरुमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको साथै प्रदेश १, प्रदेश २, गण्डकी प्रदेशका एक÷दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।