गण्डकीका ६ जिल्लामा २८ जना कोरोना संक्रमित थपिए

काठमाडौँ – गण्डकी प्रेदशका ६ जिल्लामा २८ जना कोरोना संक्रमित थपिएका छन् ।
प्रदेश क्षयरोग केन्द्र पोखरा, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र भरतपुर अस्पताल चितवनमा गरिएको परीक्षणमा थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका निर्देशक डा. विनोद विन्दु शर्माले जनाकारी दिए । उनका अनुसार नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा १२ जना, गोरखामा ३ जना, कास्कीमा १ जना, स्याङ्जामा ८ जना, बाग्लुङमा ३ जना र तनहुँमा १ जनामा कोरोना पुष्टि भएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्