दार्चुला – शैल्यशिखर नगरपालिकाले बैशाख २ गते चट्याङ लागेर घरमा क्षति भएका राजेन्द्र खातीको परिवारलाई रु. १ लाख २० हजार नगद सहयोग गरेको छ ।
नगर प्रमुख अमरसिँह धामीले पीडित खाती परिवारलाई राहत रकमको चेक हस्तान्तर गरेका हुन् । रकम हस्तान्तर गर्दै नगर प्रमुख धामीले स्थानीय सरकार सधै जनताको पक्षमा रहेर काम गर्ने बताए । उनले नगरवासीको हरेक सुखदुखमा साथ दिन नगरपालिका सधैँ तयार रहेको पनि स्मरण गराए ।
बैशाख २ गते राती शैल्य शिखर नगरपालिका– तिखाधारका राजेन्द्र खातीको घरमा चट्याङ पर्दा उनकी ७ वर्षीया छोरीको मृत्यु भएको थियो । परिवारको अरु सदस्यहरु घाइते भएका थिए । चट्याङले घर पूर्ण रुपमा क्षति हुनुका साथै गोठमा रहेका दुहुनो गाई र गोरु मरेका थिए । घरभित्रका कपडा लगायतका अन्नहरुसमेत पुर्ण रुपमा नष्ट भएको थियो
यो पनि पढ्नुहोस् ।
चट्याङ लागेर दार्चुलामा एक बालिकाको मृत्यु, घर पूर्ण रुपमा क्षति