कैलालीमा आरडीटी परीक्षण गरि क्वारेन्टाइनबाट घर फर्किएका एक युवकको मृत्यु

सांकेतिक तस्बिर

कैलाली – कैलालीमा क्वारेन्टिनबाट घर फर्किएका एक युवकको मृत्यु भएको छ । जिल्लाको जानकी गाउँपालिका ९ पूर्वखैरीफाटाका ३४ बर्षका युवकको मंगलबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

जेठ १५ गते भारतको गुजरातबाट श्रीमती र छोरीसंगै आएका उनी क्वारेन्टिनमा बसेर २८ जेठमा घर गएका थिए ।

घर पुगेको भण्डै २ सातापछि उनको मृत्यु भएको हो । मृत्यको कारण खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले जानकारी दिए । मृतकमा कोरोना परीक्षण गर्न नमुना संकलन गरी प्रयोगशालामा पठाइएको उनले बताए ।

उनको रिपोर्ट नआउँदासम्म शव घरमै रहने प्रहरीले जनाएको छ । क्वारेन्टिनमा ¥यापिड टेस्ट विधिबाट कोरोना एन्टीबडी परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएपछि उनलाई घर पठाइएको जानकी गाउँपालिका वडा नम्बर ९ का वडाध्यक्ष खगेन्द्र भण्डारीले जानकारी दिए ।

कैलालीमा दुई दिनमा क्वारेन्टिनबाट घर गएका २ जनाको मृत्यु भइसकेको छ । सोमबार पनि कैलालीको लम्कीचुहा नगरपालिका ७ मा क्वारेन्टिनबाट घर पुगेका ३६ बर्षीय युवकको मृत्यु भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्