अमेरिकामा लगातार तेस्रो दिन हवाई उडान प्रभावित

अमेरिका – अमेरिकामा लगातार तेस्रो दिन हवाई उडान प्रभावित भएका छन् । स्थानीय समयअनुसार आइतबार मात्रै २ हजार ३०० भन्दा बढी उडान रद्द भएका छन् भने करिब ७ हजार ७०० उडान ढिला भएका छन् । फ्लाइटअवेयरका अनुसार शुक्रबारदेखि सुरु भएको समस्याका कारण तीन दिनमा हजारौँ उडान प्रभावित भएका हुन् ।

अमेरिकी अधिकारीहरूका अनुसार हवाई यातायात नियन्त्रण प्रणालीमा प्रयोग हुने राउटरमा आएको गडबडीका कारण देशभरको उडान व्यवस्थापन प्रभावित भएको हो । अर्कान्सासमा एउटा राउटर परिवर्तन गरेपछि टेक्सासको अर्को राउटरमा समस्या देखिएको र त्यसले सञ्चार प्रणालीमा अत्यधिक चाप सिर्जना गरेको बताइएको छ । एफएएले समस्याग्रस्त राउटरसहित त्यस्तै प्रकृतिका अन्य करिब ६० वटा राउटर निष्क्रिय पारेको छ ।

समस्या साइबर आक्रमणका कारण भएको प्रमाण नभेटिएको यातायातमन्त्री सन डफीले बताउनुभएको छ । उहाँका अनुसार सन् २००१ मा खरिद गरिएका पुराना उपकरण र प्रविधिका कारण प्रणालीमा समस्या देखिएको हुन सक्छ । हवाई यातायात नियन्त्रण प्रणाली स्तरोन्नतिका लागि ५० अर्ब डलर आवश्यक रहेको उहाँले बताउनुभएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि प्रणाली सुधारका लागि संसद्सँग थप बजेट माग गर्नुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्