काठमाडौं । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेशनल प्याब्सन) बुढानीलकण्ठ नगर समितिको तेस्रो अधिवेशनबाट कमलमणि न्यौपानेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ।
अधिवेशनबाट उपाध्यक्षमा मुरारी चालिसे, सचिवमा पवित्रा राना मगर र कोषाध्यक्षमा शम्भुप्रसाद अधिकारी चयन हुनुभएको छ।
त्यस्तै सदस्यहरूमा दिनेश थापा, मनोजकुमार नेपाल, दीपक ढकाल, रमेश खतिवडा र धनबहादुर गुरुङ चयन हुनुभएको छ।
नवनिर्वाचित अध्यक्ष न्यौपानेसहित सम्पूर्ण कार्यसमितिलाई सफल कार्यकालको शुभकामना तथा हार्दिक बधाई व्यक्त गरिएको छ।
नयाँ कार्यसमितिले बुढानीलकण्ठ नगर क्षेत्रका संस्थागत विद्यालयको हकहित संरक्षणसँगै शैक्षिक गुणस्तर अभिवृद्धि, विद्यालयबीच सहकार्य तथा विद्यार्थीको सर्वाङ्गीण विकासका क्षेत्रमा प्रभावकारी भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।




