सौन्दर्य सेवाबाट सीप र स्वरोजगारसम्म, काठमाडौँको पेप्सीकोलामा खुल्दै ‘रितु ब्युटी एकेडेमी’

काठमाडौं – काठमाडौंको पेप्सीकोला फुटबल ग्राउण्ड नजिकै ‘रितु ब्युटी एकेडेमी’ सञ्चालनमा आउने भएको छ । सौन्दर्य सेवा र ब्युटिसियनसम्बन्धी व्यावसायिक सीपलाई एउटै प्लेटफर्ममार्फत उपलब्ध गराउने उद्देश्यले स्थापना गर्न लागिएको एकेडेमीको औपचारिक उद्घाटन आगामी भदौभित्र गर्ने तयारी गरिएको छ । एकेडेमीकी सञ्चालक रितु भट्टराईका अनुसार संस्थाले सौन्दर्य सेवासँगै ब्युटिसियन पेसामा प्रवेश गर्न चाहने तथा आफ्नो सीपलाई थप व्यावसायिक बनाउन खोज्नेहरूका लागि व्यवहारिक प्रशिक्षणसमेत सञ्चालन गर्नेछ । नयाँ पुस्तालाई लक्षित गर्दै आधुनिक प्रविधि, नयाँ शैली र पछिल्ला सौन्दर्य प्रवृत्तिअनुसार सेवा तथा तालिम उपलब्ध गराउने तयारी रहेको उनले बताइन् ।

करिब ११ वर्षदेखि महिलालाई सौन्दर्य सेवा प्रदान गर्दै आएको रितु ब्युटीले अब पुरुष ग्राहकका लागि पनि सेवा विस्तार गर्न लागेको छ । एकेडेमीमा हेयर कटिङ, हेयर स्टाइलिङ, हेयर कलरिङ, क्लिनअप, मेनिक्योर, पेडिक्योर तथा विभिन्न प्रकारका मेकअप सेवा उपलब्ध हुनेछन् । त्यस्तै, ब्राइडल तथा पार्टी मेकअपका साथै स्किन केयर र हेयर केयरलाई समेत प्राथमिकतामा राखिएको सञ्चालक भट्टराईले जानकारी दिइन् । उनका अनुसार एकेडेमीको उद्देश्य सौन्दर्य सेवालाई व्यवसायका रूपमा मात्र अघि बढाउनु नभई यस क्षेत्रलाई रोजगारी र आत्मनिर्भरताको माध्यमका रूपमा विकास गर्नु पनि हो । सीप सिकेर आफ्नै व्यवसाय सञ्चालन गर्न सक्ने वातावरण निर्माण गर्ने लक्ष्यसहित प्रशिक्षणलाई व्यवहारिक र व्यावसायिक बनाइने उनले बताइन् ।

‘सौन्दर्य क्षेत्रमा सीप भएका जनशक्तिका लागि राम्रो अवसर छ । त्यसैले तालिमपछि आफैंले काम गर्न वा व्यवसाय सुरु गर्न सक्ने गरी दक्ष बनाउने हाम्रो उद्देश्य हो,’ भट्टराईले भनिन् । स्थानीयस्तरमै दक्ष जनशक्ति उत्पादन र रोजगारी सिर्जनालाई समेत प्राथमिकतामा राखेको एकेडेमीले जनाएको छ । विशेषगरी युवती तथा महिलालाई लक्षित गर्दै आधारभूतदेखि व्यावसायिक तहसम्मका तालिम सञ्चालन गर्ने तयारी गरिएको छ ।

यसैबीच, एकेडेमीले आफ्नो सेवा शुभारम्भलाई लक्षित गर्दै तीज विशेष अफरसमेत सार्वजनिक गरेको छ । तीजको अवसरमा विभिन्न ब्युटी तथा मेकअप सेवामा ५० देखि ६० प्रतिशतसम्म छुट उपलब्ध गराइएको सञ्चालक भट्टराईले बताइन् । पेप्सीकोला क्षेत्रमा पछिल्लो समय सौन्दर्य सेवा तथा ब्युटिसियनसम्बन्धी सीपमूलक तालिमको माग बढिरहेको अवस्थामा सञ्चालनमा आउन लागेको एकेडेमीले स्थानीय ग्राहक तथा सीप सिक्न चाहनेलाई लक्षित गर्ने जनाएको छ । औपचारिक उद्घाटनपछि सेवा तथा प्रशिक्षणका कार्यक्रमलाई थप विस्तार गर्ने योजना रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्