काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) परित्याग गरी छुट्टै राजनीतिक अभियान सञ्चालन गरिरहेका डा. धवलशमशेर राणा र अभियानकर्मी दुर्गा प्रसाईंले नयाँ राजनीतिक दल गठन गरेका छन्।
उनीहरूले नयाँ दलको नाम ‘जय नेपाल पार्टी’ राखेका छन्। पार्टीको सभापतिमा डा. धवलशमशेर राणा र सर्वोच्च नेतामा दुर्गा प्रसाईं रहने तय भएको छ। नयाँ पार्टीलाई औपचारिक मान्यता दिलाउन साउन २८ गते निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिने तयारी गरिएको जनाइएको छ।
राप्रपा छाडेपछि धवलशमशेर राणा र दुर्गा प्रसाईंले नयाँ राजनीतिक शक्ति निर्माणको अभियान अघि बढाइरहेका थिए। अब ‘जय नेपाल पार्टी’मार्फत उनीहरूले आगामी राजनीतिक गतिविधि सञ्चालन गर्ने तयारी गरेका छन्।



