एक लाख घुससहित गाउँपालिकाको आईटी अफिसर अख्तियारको फन्दामा

काठमाडौं – नुवाकोटको म्यागङ गाउँपालिकामा कार्यरत सूचना प्रविधि अधिकृत विरेन्द्र तामाङ घुस/रिसवत लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीबाट पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालका अनुसार भुक्तानी भइसकेपछि पनि सेवाग्राहीसँग ‘कमिसन’ माग्दै बार्गेनिङ गरी दुःख-हैरानी दिएको भन्ने सूचनाका आधारमा आयोगले निगरानी तथा अनुसन्धान गरेको थियो।

अनुसन्धानका क्रममा तामाङले सेवाग्राहीबाट घुसबापत एक लाख रुपैयाँ लिएको अवस्थामा काठमाडौं महानगरपालिका-१६, बालाजुबाट नियन्त्रणमा लिइएको आयोगले जनाएको छ। आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार तामाङसँग घुस रकम एक लाख रुपैयाँका साथै स्रोत नखुलेको थप ५ हजार रुपैयाँ समेत बरामद भएको छ। अख्तियारले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्