काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ। निगमले आइतबारदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टितेल तथा हवाई इन्धनको नयाँ मूल्य निर्धारण गरेको हो।
निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर ३ रुपैयाँले बढाइएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँका दरले मूल्य वृद्धि गरिएको छ। यस्तै, हवाई इन्धनको मूल्य पनि प्रतिलिटर २० रुपैयाँले बढाइएको निगमले जनाएको छ।
नयाँ मूल्य सूची अनुसार संशोधित दर आइतबारदेखि लागू हुने निगमले जनाएको छ।




