काठमाडौँ – दार्चुलाको लेकम गाउँपालिका-५ मैखोली घर भई हाल जापानमा रहनुभएका दिलेन्द्र प्रसाद जोशी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रवास समिति कोटाबाट केन्द्रीय सदस्यमा मनोनयनका लागि सिफारिस हुनुभएको छ।
रास्वपाले प्रवास कोटाबाट केन्द्रीय सदस्यमा मनोनयनका लागि विभिन्न देशबाट पाँच जनाको नाम सिफारिस गरेको छ, जसमा जोशी पनि पर्नुभएको हो।
जोशीको सिफारिससँगै दार्चुलासहित प्रवासमा रहेका नेपाली समुदायमा समेत खुसी व्यक्त गरिएको छ।



