सर्लाहीमा एक युवकद्वारा आत्मदाह प्रयास, गम्भीर अवस्थामा काठमाडौं ल्याउने तयारी

File Photo

काठमाडौं । सर्लाहीको गोडैता नगरपालिकामा एक युवकले आफूलाई आगो लगाएर आत्मदाहको प्रयास गरेका छन्।

गोडैता नगरपालिकाका ३५ वर्षीय विवेक मण्डलले आफ्नै शरीरमा पेट्रोल खन्याएर आगो लगाएको मधेश प्रदेश प्रहरी कार्यालयका डीआईजी ओम अधिकारीले जानकारी दिएका छन्।

जिल्ला प्रहरी कार्यालयका अनुसार मण्डलको शरीरको अधिकांश भाग जलेको छ। उनको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याउने तयारी भइरहेको छ।

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार घरपरिवारसँगको विवादपछि उनले घरबाट करिब २०० मिटर टाढा गई आत्मदाहको प्रयास गरेका हुन्। घटना हुँदा घरमा अन्य परिवारका सदस्य उपस्थित नरहेको प्रहरीले जनाएको छ।

यस घटनाबारे राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अमरेशकुमार सिंहले पनि सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्।

प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्