राष्ट्रिय धान दिवसमा नेक्सस् इन्टरनेशनल स्कुलले देखायो सिर्जनशीलताको उदाहरण

काठमाडौं – काठमाडौँको पेप्सीकोला टाउन प्लानिङस्थित नेक्सस् इन्टरनेशनल स्कुलमा राष्ट्रिय धान दिवसको अवसरमा विशेष कार्यक्रम आयोजना गरिएको छ। कक्षा ८ र ९ का विद्यार्थीहरूको संयुक्त प्रस्तुतिमा आयोजित कार्यक्रममा नेपाली कृषि, संस्कृति र धान रोपाइँको महत्वलाई विविध सिर्जनात्मक माध्यमबाट प्रस्तुत गरिएको थियो। कार्यक्रमअन्तर्गत नाटक (Drama Presentation), गीत तथा नृत्य (Songs and Dance), कविता वाचन (Poem Recitation), कथा वाचन (Story Telling) र क्विज प्रतियोगिता (Quiz) जस्ता आकर्षक प्रस्तुतिहरू समावेश थिए।

विद्यार्थीहरूले राष्ट्रिय धान दिवसको ऐतिहासिक, सांस्कृतिक तथा आर्थिक महत्वलाई कलात्मक शैलीमा प्रस्तुत गर्दै कृषि नेपालको अर्थतन्त्र र जीवनशैलीको आधार भएको सन्देश दिएका थिए। असारे संस्कृति, किसानको श्रम, धान खेतीको महत्व तथा दही-चिउरा खाने परम्परालाई नाटक, गीत, कविता र कथामार्फत जीवन्त रूपमा प्रस्तुत गरिएको थियो।

विद्यालयका प्रिन्सिपल आरबी कटवालले राष्ट्रिय धान दिवसजस्ता सांस्कृतिक तथा राष्ट्रिय महत्वका दिवस विद्यालयस्तरमै मनाउँदा विद्यार्थीहरूमा नेपाली मौलिक संस्कृति, कृषि परम्परा र राष्ट्रिय पहिचानप्रति सम्मान तथा जिम्मेवारीको भावना विकास हुने बताउनुभयो। उहाँले पाठ्यपुस्तकमा सीमित नभई यस्ता व्यवहारिक र सिर्जनात्मक कार्यक्रममार्फत सिकाइलाई प्रभावकारी बनाउन विद्यालयले निरन्तर प्रयास गरिरहेको उल्लेख गर्नुभयो।

त्यसैगरी भाइस प्रिन्सिपल स्वीकृति राईले विद्यार्थीको प्रतिभा, नेतृत्व क्षमता, आत्मविश्वास र प्रस्तुतीकरण सीप अभिवृद्धि गर्न यस्ता विशेष सभाहरू महत्वपूर्ण माध्यम बन्ने बताउँदै भविष्यमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने जानकारी दिनुभयो।

कार्यक्रममा शिक्षक, विद्यार्थी तथा अभिभावकहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले नेपाली कृषि संस्कृतिको संरक्षण, राष्ट्रिय पर्वको महत्व र श्रमप्रतिको सम्मानलाई केन्द्रमा राखेर प्रस्तुत गरिएका कार्यक्रमहरूको प्रशंसा गरेका थिए। विद्यालयले राष्ट्रिय पर्व तथा सांस्कृतिक दिवसहरूलाई सिर्जनात्मक र शैक्षिक ढङ्गले मनाउँदै विद्यार्थीहरूमा संस्कार, संस्कृति र सामाजिक उत्तरदायित्वको भावना विकास गर्दै आएको जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्