वर्षाका कारण लुम्बिनी र चितवनबीचको खेल रद्द, दुवै टोलीलाई एक-एक अङ्क

काठमाडौँ-तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज हुने भनिएको लुम्बिनी लायन्स र चितवन राइनोजबीचको खेल स्थगित गरिएको छ। लगातारको वर्षाका कारण मैदान खेलाउन योग्य नभएपछि खेल रद्द गरिएको नेपाल क्रिकेट सङ्घ (क्यान) का सचिव पारस खड्काले जानकारी दिनुभयो।

उहाँका अनुसार बिहीबार रातिदेखि परेको वर्षाका कारण कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदान पूरै भिजेको छ। खेल सञ्चालन गर्न अनुकूल अवस्था नरहेपछि खेल रद्द गर्ने निर्णय गरिएको हो। खेल रद्द भएसँगै लुम्बिनी र चितवनले एक–एक अङ्क बाँडेका छन्। क्यानका अनुसार आज हुने दोस्रो खेलमा विराटनगर किङ्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुने तालिका छ। उक्त खेल अपराह्न ५ बजेदेखि सुरु हुने पूर्वनिर्धारित कार्यक्रम रहे पनि वर्षाका कारण प्रभावित हुने सम्भावना छ।

यही कात्तिक ९ गतेदेखि सुरु भएको एनपिएल आगामी मङ्सिर ५ गतेसम्म सञ्चालन हुनेछ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्