काठमाडौं- फोरम अफ इन्स्टिच्युसनल स्कुल म्यानेजर्स (फिजम) ले एसईई-२०८२ मा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थी तथा विषयगत उत्कृष्ट शिक्षकहरूलाई सम्मान गरेको छ। काठमाडौंमा आयोजित ‘फिजम एसईई सम्मान कार्यक्रम–२०८३’ मा शिक्षा विकास तथा समन्वय इकाइ काठमाडौंका प्रमुख सुरेशकुमार जोशी प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रमको अध्यक्षता फिजम कार्यसमितिका अध्यक्ष अमृतकुमार खड्काले गर्नुभएको थियो। कार्यक्रममा फिजमका संरक्षक जयकुमार राई, परीक्षा संयोजक राजिव सेढाईं, विभिन्न विद्यालयका अध्यक्ष, प्रिन्सिपल तथा निर्देशकहरूको उपस्थिति रहेको थियो । कार्यक्रम सञ्चालकको रुपमा फिजम सचिव सुनिल केसी रहुनुभएको थियो ।

कार्यक्रममा एसईई परीक्षामा विषयगत रूपमा उत्कृष्ट नतिजा ल्याउन महत्वपूर्ण भूमिका खेल्ने शिक्षकहरूलाई सम्मान गरिएको थियो। सम्मानित हुने शिक्षकहरूमा लाइसियम प्याराडाइज एकेडेमीका टंकप्रसाद घिमिरे (अनिवार्य अंग्रेजी), ग्रिनविच एकेडेमीकी दुर्गा देवी तामाङ (अनिवार्य नेपाली), भीमेश्वर एकेडेमीका अमृतकुमार खड्का (सामाजिक), रूपक बुढाथोकी (विज्ञान) तथा स्वर्णिम तारा विद्या सदनका दियान राई (गणित) रहनुभएको थियो।
त्यसैगरी एसईई-२०८२ मा ४.०० जीपीए प्राप्त गर्ने १२ जना विद्यार्थीलाई विशेष सम्मान गरिएको थियो। सम्मानित हुने विद्यार्थीहरूमा नबिना थापा मगर (बेस्ट ग्रुप भिजन), आकृत पोखरेल र सम्भावी श्रेष्ठ (माउन्ट सेब इङ्ग्लिस स्कुल), आदर्श गौतम, आवाश सुवेदी, प्रकृति खड्का र सुबिक्ष्या गौतम (लाइसियम प्याराडाइज एकेडेमी), प्रियन्सी कोइराला (काठमाडौं गुरुकुल विद्यालय), गौरवी पराजुली (नेक्सस इन्टरनेसनल एकेडेमी), आयुषा कुसुम कार्की (ग्रिनविच एकेडेमी), अभियान बुढाथोकी (हेब्रोन स्कुल) तथा सोनिया तामाङ (नमुना एभरग्रीन) रहनुभएको थियो।

यस्तै ३.५५ देखि ३.९६ जीपीएसम्म प्राप्त गर्ने विभिन्न विद्यालयका विद्यार्थीहरूलाई पनि कार्यक्रममा सम्मान गरिएको थियो। सम्मानित हुनेहरूमा श्रिजा साह, अनुस्का पराजुली, युनिशा अधिकारी, आयुष्मा बनियाँ, डिप्सन कार्की, प्रकृति ओली, सिवानी तामाङ, प्रज्वल निरौला, प्रतिक्ष्या दुलाल, रोशनी खड्का, वर्षा कुमारी महतो, द्रामिडा रावल, अञ्जिला खड्गी, युनिक जोशी, सञ्चिता तामाङ, इशान आचार्य, स्नेहा पुरी र समीक्षा हुमागाईं लगायत रहनुभएको थियो।
कार्यक्रमका प्रमुख अतिथि तथा शिक्षा विकास तथा समन्वय इकाइ काठमाडौंका प्रमुख सुरेशकुमार जोशीले एसईईमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थी र उनीहरूलाई सफलताको मार्गमा अघि बढाउने शिक्षकहरूलाई बधाई दिँदै यस्ता सम्मान कार्यक्रमले विद्यार्थीमा थप उत्साह र प्रेरणा जगाउने बताउनुभयो। उहाँले गुणस्तरीय शिक्षा, अनुशासन र निरन्तर परिश्रमले मात्र उत्कृष्ट नतिजा सम्भव हुने उल्लेख गर्दै भविष्यमा पनि विद्यार्थीहरूले देश र समाजका लागि उदाहरणीय योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रमका सभापति तथा फिजम कार्यसमितिका अध्यक्ष अमृतकुमार खड्काले संस्थागत विद्यालयहरूले शैक्षिक गुणस्तर अभिवृद्धिका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताउनुभयो। उहाँले एसईईमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थी तथा समर्पित शिक्षकहरूको सम्मानले शिक्षा क्षेत्रमा सकारात्मक प्रतिस्पर्धा सिर्जना गर्ने उल्लेख गर्दै आगामी दिनमा पनि फिजमले विद्यार्थीको क्षमता विकास, शैक्षिक उत्कृष्टता र शिक्षक सम्मानका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले सम्मानित सबै विद्यार्थीलाई उज्ज्वल भविष्यको शुभकामना व्यक्त गर्दै सफलताको यात्रामा निरन्तर अघि बढ्न आग्रह गर्नुभयो।
कार्यक्रममा वक्ताहरूले एसईईमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थी तथा गुणस्तरीय शिक्षामा योगदान पुर्याउने शिक्षकहरूको सम्मानले शैक्षिक क्षेत्रलाई थप उर्जाशील बनाउने विश्वास व्यक्त गरेका थिए। साथै विद्यार्थीहरूलाई आगामी शैक्षिक यात्रामा अझ उत्कृष्ट प्रदर्शन गर्न प्रेरित गर्दै निरन्तर अध्ययन, अनुशासन र परिश्रमको मार्गमा अघि बढ्न शुभकामना व्यक्त गरिएको थियो।

| विषय | विद्यालय | शिक्षक | GPA |
|---|---|---|---|
| अनिवार्य अंग्रेजी | Lyceum Paradise Academy | टंकप्रसाद घिमिरे | 3.96 |
| अनिवार्य नेपाली | Greenwich Academy | दुर्गा देवी तामाङ | 3.72 |
| अनिवार्य सामाजिक | Bhimeshwor Academy | अमृतकुमार खड्का | 3.77 |
| अनिवार्य विज्ञान | Bhimeshwor Academy | रूपक बुढाथोकी | 3.89 |
| अनिवार्य गणित | Swarnim Tara Vidya Sadan | दियान राई | 3.82 |
४.०० GPA प्राप्त गर्ने विद्यार्थी सम्मान
कार्यक्रममा ४.०० GPA प्राप्त गरेका १२ जना विद्यार्थीलाई विशेष सम्मान गरिनेछ।
- Best Group Vision – नबिना थापा मगर
- Mount Seb English School – आकृत पोखरेल, सम्भावी श्रेष्ठ
- Lyceum Paradise Academy – आदर्श गौतम, आवाश सुवेदी, प्रकृति खड्का, सुबिक्ष्या गौतम
- Kathmandu Gurukul Vidhyalaya – प्रियन्सी कोइराला
- Nexus International Academy – गौरवी पराजुली
- Greenwich Academy – आयुषा कुसुम कार्की
- Hebron School – अभियान बुढाथोकी
- Namuna Evergreen – सोनिया तामाङ
उत्कृष्ट नतिजा हासिल गर्ने अन्य विद्यार्थीहरू
| विद्यालय | विद्यार्थी | GPA |
|---|---|---|
| Grammar School | श्रिजा साह | 3.96 |
| Xenium National Academy | अनुस्का पराजुली | 3.96 |
| Bhimeshwor Academy | युनिशा अधिकारी | 3.95 |
| Bishwa Gyan Pathshala | आयुष्मा बनियाँ, डिप्सन कार्की | 3.95 |
| Monastic Public English School | प्रकृति ओली | 3.95 |
| Aims International School | सिवानी तामाङ | 3.95 |
| VVM School | प्रज्वल निरौला | 3.95 |
| Deepika School | प्रतिक्ष्या दुलाल | 3.91 |
| Eden Garden English School | रोशनी खड्का | 3.91 |
| Triton Secondary School | वर्षा कुमारी महतो | 3.91 |
| Swarnim Tara Vidya Sadan | द्रामिडा रावल, अञ्जिला खड्गी | 3.78 |
| Brain Heart English Boarding School | युनिक जोशी | 3.70 |
| Nepal Tara School | सञ्चिता तामाङ | 3.65 |
| New Vision Academy | इशान आचार्य | 3.59 |
| Orchid Pupil English Secondary School | स्नेहा पुरी | 3.58 |
| Ratna Shiksha Sadan | समीक्षा हुमागाईं | 3.55 |





