आईपीएल २०२६ को उपाधिका लागि आज आरसीबी र गुजरात भिड्दै

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को उपाधिका लागि आज साविक विजेता रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) र गुजरात टाइटन्स (जिटी) बीच प्रतिस्पर्धा हुँदैछ। अहमदाबादस्थित मैदानमा हुने फाइनल खेल नेपाली समयअनुसार साँझ ७:४५ बजे सुरु हुनेछ। दुवै टोली उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रने भएकाले खेल रोमाञ्चक हुने अपेक्षा गरिएको छ।

गुजरात टाइटन्स पहिलो क्वालिफायरमा पराजित भए पनि दोस्रो क्वालिफायरमा उत्कृष्ट पुनरागमन गर्दै फाइनलमा पुगेको हो। दोस्रो क्वालिफायरमा राजस्थान रोयल्सलाई सात विकेटले पराजित गर्दै गुजरातले उपाधि भिडन्तमा स्थान सुरक्षित गरेको थियो। यता रोयल च्यालेन्जर्स बेंगलुरु समूह चरणका १४ खेलमध्ये ९ खेलमा जित निकाल्दै १८ अंकसहित शीर्ष स्थानमा रह्यो। पहिलो क्वालिफायरमा विजयी हुँदै आरसीबीले सिधै फाइनल यात्रा तय गरेको हो।

साविक विजेता आरसीबी लगातार दोस्रो पटक उपाधि जित्ने लक्ष्यमा रहेको छ भने गुजरात टाइटन्स पहिलो क्वालिफायरको हारको बदला लिँदै च्याम्पियन बन्ने दाउमा छ। दुवै टोलीमा विश्वस्तरीय खेलाडीहरूको उपस्थितिका कारण आईपीएल २०२६ को फाइनल खेललाई यस सिजनकै सबैभन्दा रोमाञ्चक प्रतिस्पर्धाका रूपमा हेरिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्