काठमाडौं । आगामी आर्थिक वर्षका लागि सरकारले २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । संघीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट प्रस्तुत गर्दै कुल बजेटको आकार २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँ रहेको जानकारी दिएका हुन् ।
बजेटअन्तर्गत चालुतर्फ १२ खर्ब ७० अर्ब रुपैयाँ विनियोजन गरिएको छ भने पूँजीगततर्फ ४ खर्ब ३१ अर्ब रुपैयाँ छुट्याइएको छ । यस्तै वित्तीय व्यवस्थापनतर्फ ४ खर्ब २२ अर्ब रुपैयाँ विनियोजन गरिएको अर्थमन्त्री वाग्लेले बताए ।
राजस्व संकलनतर्फ सरकारले १४ खर्ब ४ अर्ब रुपैयाँ उठाउने लक्ष्य राखेको छ । त्यस्तै अनुदानबाट ६१ अर्ब ७४ करोड रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ भने वैदेशिक ऋणतर्फ २ खर्ब ४७ अर्ब रुपैयाँ जुटाइने उल्लेख गरिएको छ ।
बजेट स्रोत व्यवस्थापनअन्तर्गत आन्तरिक ऋणबाट ४ खर्ब १० अर्ब रुपैयाँ उठाइने सरकारको योजना रहेको छ ।







