शिक्षा क्षेत्रमा २ खर्ब १८ अर्ब ३० करोड रुपैयाँ बजेट विनियोजन

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि शिक्षा क्षेत्रमा २ खर्ब १८ अर्ब ३० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

संघीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले उक्त बजेट घोषणा गर्नुभएको हो ।

शिक्षा क्षेत्रका लागि छुट्याइएको बजेट भौतिक तथा शहरी पूर्वाधार विकास मन्त्रालयको बजेटभन्दा कम रहेको छ । सरकारले भौतिक तथा शहरी पूर्वाधार विकासका लागि २ खर्ब ६८ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको जनाएको छ ।

सरकारले शिक्षा, पूर्वाधार विकास, डिजिटल प्रविधि विस्तार तथा आर्थिक सुधारलाई आगामी बजेटका प्रमुख प्राथमिकतामा राखेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्