आईपीएलको उपाधिका लागि गुजरातले साबिक विजेता रोयल च्यालेन्जर्स बेङ्गलुरुसँग खेल्ने

गुजरात टाइटन्स इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको फाइनलमा पुगेको छ ।  हिजो बेलुका न्यु चण्डीगढमा भएको दोस्रो क्वालिफायर खेलमा राजस्थान रोयल्सले दिएको २१५ रनको लक्ष्य गुजरातले १८ ओभर ४ बलमा ३ विकेट गुमाएर भेट्टायो ।  राजस्थानका वैभव सूर्यवंशीले ४७ बलमा ९६ रन बनाए पनि टोली पराजित भयो ।

गुजरातका कप्तान शुभमन गिलले ५३ बलमा १०४ रन बनाए । साई सुदर्शनले ३२ बलमा ५८ रन जोडे । त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २१४ रन बनाएको थियो ।

अब उपाधिका लागि गुजरातले साबिक विजेता रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीबी)सँग खेल्नेछ । फाइनल खेल भोलि बेलुका पौने ८ बजे अहमदाबादमा हुनेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्