मानव अधिकार आयोगद्वारा ओली, लेखक र गुरुङमाथि कारबाही सिफारिश

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पूर्वगृहमन्त्री रमेश लेखक र पूर्वसञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङलाई मानव अधिकार उल्लङ्घनकर्ता ठहर गर्दै कारबाहीको सिफारिश गरेको छ ।

गत भदौ २३ र २४ गते भएका घटनाबारे गठन गरिएको अनुसन्धान समितिको प्रतिवेदनका आधारमा आयोगले कारबाहीको निर्णय गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सिफारिश पठाएको हो ।

आयोगले हाल प्रचलित कानूनमा यस्ता घटनामा स्पष्ट सजायको व्यवस्था नभएकाले आवश्यक कानून निर्माण गरेर कारबाही प्रक्रिया अघि बढाउन सरकारलाई सुझाव दिएको छ ।

सिफारिशअनुसार मानव अधिकार उल्लङ्घनकर्तालाई बढीमा ६ महिना कैद, ३ लाख रुपैयाँसम्म जरिवाना तथा कम्तीमा ५ वर्षसम्म कुनै पनि राजनीतिक पदमा उम्मेदवार बन्न नपाउने व्यवस्था गर्न प्रस्ताव गरिएको छ ।

आयोगले आज सार्वजनिक गरेको अध्ययन प्रतिवेदनमा निर्णय र सरकारलाई गरिएको सिफारिशसम्बन्धी विवरण समावेश गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्