नेपाल बैंक लिमिटेड र ताजा बेकरी उद्योगबीच छुट सम्बन्धी सम्झौतामा हस्ताक्षर

काठमाडौं – नेपाल बैंक लिमिटेड र ताजा बेकरी उद्योग बीच छुट सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौता पत्रमा बैंकको तर्फबाट बजारीकण तथा अनुसन्धान डिभिजन प्रमुख निर्मल सुवेदी र ताजा बेकरी उद्योगको तर्फबाट प्रबन्ध निर्देशक राम कुमार श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार बैंकमा कर्मचारी र बैंकमा खाता रहेका ग्राहकहरूलाई काठमाडौंको चावहिल, मूलपानी, पुतलीसडक, गल्कोपाखा, क्षेत्रपाटी, लगनटोल र सीतापाइला शपबाट विभिन्न बेकरी वस्तुहरूका खरिद गर्दा विशेष छुट पाउने छन् ।

ग्राहकले न्यूनतम ५०० रुपैयाँको बेकरी सामान खरिद गरी नेपाल बैंकको मोबाइल बैंकिङ एपबाट रकम भुक्तानी गर्दा बिल रकममा १० देखि १५ प्रतिशतसम्म छुट पाउने छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्