काठमाडौँ- नेपाल बैंक लिमिटेड र पोखराको लेकसाइडस्थित डालिया होटेलबिच छुट सम्झौता भएको छ। सम्झौतापत्रमा बैंकका तर्फबाट बजारीकरण तथा अनुसन्धान डिभिजन प्रमुख निर्मल सुवेदी र डालिया होटेलका तर्फबाट निर्देशक सीता रायमाझीले हस्ताक्षर गरेका हुन् ।
सम्झौताअनुसार यस बैंकमा खाता रहेका ग्राहक र बैंकमा कार्यरत कर्मचारीले उक्त होटेलका विभिन्न सेवामा १० देखि ३५ प्रतिशतसम्म छुट पाउनेछन् । बैंकले दुई सय ३१ शाखा, दुई सय ४६ एटिएमका साथै ६१ एक्सटेन्सन काउन्टरमार्फत सेवा दिँदै आएको छ ।






