इन्डियन प्रिमियर लिग क्रिकेटमा सनराइजर्स हैदरावादले रोयल च्यालेन्जर्स बैंग्लुरुलाई ५५ रनले हराएको छ ।
हैदरावादमा हिजो भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको हैदरावादले ४ विकेट गुमाएर २५५ रन बनाएको थियो । हैदरावादका लागि ईशान किशनले ४६ बलमा ७९ रन बनाए । अभिषेक शर्माले २२ बलमा ५६ रन तथा हेनरिक क्लासेनले २४ बलमा ५१ रनको योगदान दिए ।
२५६ रनको लक्ष्य पछ्याएको बैंग्लुरुले २० ओभरमा ४ विकेट गुमाएर २०० रन मात्रै बनाउन सक्यो ।
पराजित भए पनि बैंग्लुरु १४ खेलमा १८ अंकसहित अंक तालिकाको शीर्ष स्थानमा रहेको छ । समान खेलबाट समान १८ अंक जोडेको हैदरावाद रनरेटका आधारमा तेस्रो स्थानमा छ ।
आईपीएल क्रिकेटमा आज बेलुका पौने ८ बजे पञ्जाब किङ्स र लखनउ सुपर जायन्ट्सबीच प्रतिस्पर्धा हुनेछ ।






