काठमाडौं । नेपाल सरकारको सूचना तथा सञ्चार मन्त्रालयले सार्वजनिक सेवा प्रसारण संस्थाको रिक्त अध्यक्ष पद पूर्तिका लागि दरखास्त आह्वान गरेको छ । मन्त्रालयले खुला प्रतिस्पर्धात्मक प्रणालीमार्फत योग्य तथा सक्षम व्यक्तिको छनोट प्रक्रिया अगाडि बढाएको जनाएको छ ।
मन्त्रालयद्वारा प्रकाशित सूचनाअनुसार योग्यता पुगेका इच्छुक नेपाली नागरिकले २०८३ जेठ १८ गते सोमबारसम्म आवेदन दिन सक्नेछन् ।
अध्यक्ष पदका लागि आवश्यक योग्यता, मापदण्ड, आवेदन फाराम तथा विस्तृत विवरण मन्त्रालयको आधिकारिक वेबसाइट सूचना तथा सञ्चार मन्त्रालय http://www.mocit.gov.np मा उपलब्ध गराइएको छ । सरकारले सार्वजनिक सेवा प्रसारण संस्थालाई थप प्रभावकारी, उत्तरदायी तथा व्यावसायिक बनाउने उद्देश्यसहित नेतृत्व चयन प्रक्रिया अघि बढाएको जनाएको छ ।







