एक वडाबाट अर्को वडमा पशुपन्छि ओसार पसारमा रोक

सिन्धुपाल्चोक – मेलम्ची नगरपलिका ८, पाँचपोखरि थाङपाल १ र २ को अन्तर वडा बैठकले लकडाउन कार्यान्यवन लाई अझै प्रभाबकारी बनाउन आज बिभिन्न निर्णय गरेको छ । बैठकमा एक वडा बाट अर्को वडामा पशुुपन्छी ओसारपसारमा निषेध गरेको छ ।

त्यस्तै एक वडा बाट अर्को वडामा जान परेमा वडाको अनुमती चहिने निर्णय गरेको पाँचपोखरि थाङ्पाल गाँउपालिका २ का अधक्ष्य पासाङ लामाले जानकारी दिए ।

आजको बैठकले होटल पुर्ण वन्द खाद्यन्न पसल बिहान १० बजे र वेलुकी ४बजे बाट २ घण्टा खोल्ने र एकरुपता गर्ने निर्णय गरेको छ । मोटर बाटो लाई वर्षातको समयमा पनि संचालनमा ल्याउन आ–आफ्नो तर्फबाट गर्ने दिर्घकालिन योजना बनाउने कालोपत्रेका लागि पहल गर्ने निर्णय भएको छ । बैठकमा ३ नै वडाका अधक्ष्य र सदस्यहरुको उपस्थिती रहेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्