ककनी गाउँपालिकाका कोरोना संक्रमित काठमाडौं आउजाउ गरिरहन्थे

काठमाडौं – नुवाकोटमा पहिलोपटक कोरोना संक्रमित भेटिएका छन् । ककनी गाउँपालिकाका ती कोरोना संक्रमित काठमाडौं आउजाउ गरिरहने व्यक्ति भएको खुलेको छ ।
स्वास्थ्य मन्त्रालयले आइतबार सार्वजनिक गरेको विवरण अनुसार नुवाकोटमा पहिलोपटक ककनीका ३९ वर्षीेय पुरुषमा कोरोना संक्रमण देखिएको थियो ।

‘उहाँ वडा नं. ३ का स्थानीय बासिन्दा हुनुहुन्छ । पछिल्लो समय कामले काठमाडौं आउजाउ गरिरहनुहुन्थ्यो ।’ गाउँपालिकाका अध्यक्ष मानबहादुर लामाले भने ।

उनलाई टेकु अस्पताल पठाउने तयारी भइरहेको जानकारी दिए । बिहीबार मुलुकभर थप १९ जनामा कोरोना भाइरस संक्रमित थपिएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्