झापाका लागि उडेको गायिका रचना रिमाल सवार जहाज जनकपुरमा अवतरण

काठमाडौँ । गायिका रचना रिमाललाई गृहजिल्ला झापा जाने क्रममा खराब मौसमले सास्ती दिएको छ। मौसम बिग्रिएपछि उनको झापा उडान दुई दिनदेखि प्रभावित भएको हो।

सामाजिक सञ्जालमार्फत आफ्नो अनुभव साझा गर्दै उनले हिजो (शनिबार) काठमाडौँ बाट झापाका लागि उडेको जहाज केही समयपछि मौसमकै कारण पुनः काठमाडौँ फर्किएको बताएकी छिन्। आज (आइतबार) बिहान फेरि उडेको जहाज भने खराब मौसमका कारण जनकपुरमा आकस्मिक अवतरण गरिएको उनले उल्लेख गरेकी छन्।

उनले लेखेकी छन्, “कहिलेकाहीँ मौसमले साथ दिँदैन। हिजो झापा जाँदै गर्दा मौसम खराबीका कारण उडेको केही समयपछि प्लेन काठमाडौँ फर्कियो। आज बिहान फेरि झापा उडेको प्लेन मौसम खराबीका कारण जनकपुर ल्यान्ड भयो।”

पछिल्लो केही दिनयता देशभर मौसममा आएको बदलीका कारण आन्तरिक उडानहरू प्रभावित भइरहेका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्