काठमाडौं उपत्यकामा वायु प्रदूषण खतरनाक स्तर नजिक

काठमाडौं । काठमाडौं उपत्यकामा वायु प्रदूषण खतरनाक स्तर नजिक पुगेको छ । आज बिहान उपत्यकाको वायु गुणस्तर सूचक (एक्युआई) निकै अस्वस्थ तहमा पुगेको हो ।

स्विट्जरल्याण्डको आईक्यू एयरका अनुसार बिहान एक्युआई २४७ सम्म पुगेको थियो भने समाचार तयार पार्दासम्म २१६ मा झरेको छ । २०१ देखि ३०० सम्मको एक्युआईलाई निकै अस्वस्थ मानिन्छ ।

हाल नेपाल विश्वकै सबैभन्दा प्रदूषित देशहरूको सूचीमा दोस्रो स्थानमा रहेको छ भने पहिलो स्थानमा पाकिस्तान रहेको छ । काठमाडौं उपत्यकाभर बाक्लो तुवाँलो देखिएको छ ।

सरकारले निर्धारण गरेको मापदण्डअनुसार ०-५० एक्युआईलाई राम्रो, ५१-१०० मध्यम, १०१-१५० संवेदनशील समूहका लागि अस्वस्थ, १५१-२०० अस्वस्थ, २०१-३०० निकै अस्वस्थ र ३०१ भन्दा माथि पुगेमा खतरनाक तह मानिन्छ ।

वायु प्रदूषणको यो अवस्था स्वास्थ्यका लागि जोखिमपूर्ण भएकाले विशेषगरी बालबालिका, वृद्धवृद्धा र श्वासप्रश्वाससम्बन्धी समस्या भएका व्यक्तिहरूलाई सावधानी अपनाउन आग्रह गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्