व्यावसायिक जहाजका लागि ‘हर्मुज जलमार्ग’ पुनः खुला गरेको इरानको घोषणा

इरानले व्यावसायिक जहाजका लागि ‘हर्मुज जलमार्ग’ पुनः खुला गरेको घोषणा गरेको छ। तर जहाजहरूले तोकिएको सुरक्षित लेन प्रयोग गर्नुपर्ने शर्त राखिएको छ।

इरानका विदेशमन्त्री सइद अब्बास अरागचीले सामाजिक सञ्जालमार्फत अमेरिका–इरानबीचको युद्धविराम अवधिसम्म हर्मुज हुँदै आवतजावत गर्ने सबै व्यावसायिक जहाजका लागि मार्ग खुला गरिएको जानकारी दिनुभएको हो। यद्यपि जलमार्ग खुला गरिए पनि ट्र्याकिङ तथ्याङ्कअनुसार हाल सीमित संख्यामा मात्रै जहाज सञ्चालनमा रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। अमेरिका र इरानबीचको युद्धविराम आउँदो अप्रिल २२ मा सकिँदैछ। तीन महिनाअघि अमेरिका र इजरायलले इरानमा आक्रमण गरेपछि यस क्षेत्रको तेल ढुवानी मार्ग प्रभावित हुँदै आएको थियो।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको पछिल्लो घोषणालाई स्वागत गर्नुभएको छ। तर उहाँले औपचारिक शान्ति सम्झौता नभएसम्म इरानी बन्दरगाहमाथिको नाकाबन्दी कायम रहने स्पष्ट पार्नुभएको छ। यसअघि पाकिस्तानमा अमेरिका र इरानबीच भएको वार्ता निष्कर्षविहीन बनेको थियो। यद्यपि पाकिस्तानसहित अन्य मध्यस्थकर्ता देशहरूले दोस्रो चरणको वार्ताका लागि प्रयास जारी राखेका छन्।

इरानको यो घोषणा इजरायल र लेबनानबीच १० दिने युद्धविराम सहमति भएपछि आएको हो। इरान समर्थित हिज्बुल्लाहले पनि युद्धविराम पालना गर्ने जनाएको छ। यस घटनाक्रमलाई विश्व समुदायले सकारात्मक रूपमा लिएको छ। भारत, चीन, फ्रान्स र बेलायतलगायत देशका नेताहरूले शान्ति प्रयासप्रति स्वागत जनाएका छन्। हर्मुज जलमार्गमा तनाव घट्ने संकेत देखिएसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा केही गिरावट आएको

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्