आईपीएल क्रिकेटमा गुजरात टाइटन्सद्वारा कोलकाता नाइट राइडर्स पाँच विकेटले पराजित

 इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा गुजरात टाइटन्सले कोलकाता नाइट राइडर्सलाई पाँच विकेटले पराजित गरेको छ। कोलकाताले दिएको १८१ रनको लक्ष्य गुजरातले १९ ओभर ४ बलमा पूरा गर्‍यो। गुजरातका कप्तान शुभमन गिलले सर्वाधिक ८६ रन बनाउँदै टोलीको जितमा महत्वपूर्ण भूमिका खेले।

कोलकाताका वरुण चक्रवर्तीले दुई विकेट लिए भने वैभव अरोरा, सुनिल नराइन र रमनदीप सिंहले समान एक–एक विकेट लिए।अहमदाबादमा टस जितेर पहिला ब्याटिङ गरेको कोलकाताले २० ओभरमा अलआउट हुँदै १८० रन बनाएको थियो। उसका क्यामरन ग्रीनले सर्वाधिक ७९ रन बनाए। गुजरातका कगिसो रबाडाले तीन विकेट लिए भने मोहम्मद सिराज र अशोक शर्माले समान दुई–दुई विकेट लिए।

यो जितसँगै पाँच खेलमा ६ अङ्क जोडेको गुजरात तालिकाको चौथो स्थानमा पुगेको छ। छ खेल खेलेको कोलकाता भने एक अङ्कसहित पुछारमा रहेको छ। आईपीएलमा आज दुई खेल हुँदैछन्। आज दिउँसो पौने ४ बजे रोयल च्यालेन्जर्स बेङ्गलुरु र दिल्ली क्यापिटल्सबीच खेल हुनेछ भने बेलुका पौने ८ बजे सनराइजर्स हैदराबाद र चेन्नई सुपर किङ्सबीच प्रतिस्पर्धा हुनेछ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्