काठमाडौं – आज सुनचाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा ३ हजार ८०० रुपैयाँले बढेर तोलाको ३ लाख १७ हजार रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुनको भाउ तोलाको ३ लाख १३ हजार २०० रुपैयाँ रहेको थियो ।
यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदी तोलामा ३१० रुपैयाँले बढेर तोलाको ५ हजार ७२० रुपैयाँ पुगेको छ । हिजो चाँदी तोलाको ५ हजार ४१० रुपैयाँमा कारोबार भएको थियो ।







