सुनचाँदीको भाउ एकैदिन तोलामा ११ हजारले सस्तो

काठमाडौँ । आज सुनको भाउ तोलामा ११ हजार रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघ का अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख १७ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ।

हिजो सुनको मूल्य प्रतितोला ३ लाख २८ हजार ६ सय रुपैयाँ कायम रहेको थियो। एकैदिन उल्लेख्य गिरावट आएपछि सुन बजारमा चासो बढेको छ।

त्यस्तै, चाँदीको भाउ पनि घटेको छ। आज चाँदी प्रतितोला ५ हजार ५ सय ४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। हिजो चाँदीको मूल्य प्रतितोला ५ हजार ८ सय १५ रुपैयाँ रहेको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्