रिज लाइन इनर्जी लिमिटेडको आईपीओ बाँडफाँट

काठमाडौं– फागुन १४ गते, बिहीबार, रिज लाइन इनर्जी लिमिटेडको आईपीओ बाँडफाँट सम्पन्न भएको छ। कम्पनीले सर्वसाधारण लगानीकर्ताका लागि निष्काशन गरेको आईपीओ यही दिन बाँडफाँट गरिएको हो।

कम्पनीले गत माघ २८ गतेदेखि फागुन ४ गतेसम्म सर्वसाधारण लगानीकर्ताका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यको ११ करोड ८० लाख २६ हजार रुपैयाँ बराबरको ११ लाख ८० हजार २६० कित्ता शेयर निष्काशन गरेको थियो। यस निष्काशनमा २५ लाख ३७ हजार ३०१ जनाले दुई करोड ७१ लाख ३२ हजार २३० कित्ता शेयर खरिदका लागि आवेदन दिएका थिए।

मागभन्दा बढी आवेदन परेकोले गोलाप्रथा प्रक्रियामार्फत आईपीओ बाँडफाँट गरिएको छ। सो अनुसार १ लाख १८ हजार २६ जनाले १० कित्ताका दरले शेयर प्राप्त गरेका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्